तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति रनिङ शिल्डको उपाधि सोलुदूधकुण्डलाई

सोलुखुम्बु । सोलुखुम्बुमा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सोलुदूधकुण्ड नगरपालिकाले उपाधि जितेको छ ।

नगरपालिकाले १६ स्वर्ण, १४ रजत र १ कास्य पदकका साथमा प्रथम भएको हो ।

त्यस्तै, थुलुङ दूधकोशी गाउँपालिका १४ स्वर्ण, १० रजत र ४ कास्य पदक सहित दोस्रो र माप्य दूधकोशी गाउँपालिका  १ स्वर्ण, ३ रजत र ८ कास्यसहित तेस्रो भएको छ ।

प्रतियोगितामा सोलुदूधकुण्ड नगरपालिका, थुलुङ दूधकोशी गाउँपालिका,  सोताङ, महाकुलुङ र माप्य दूधकोशी गाउँपालिकाले सहभागिता जनाएको थिए ।

प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुनका लागि सोलुखुम्बुबाट ७० जना खेलाडी छनोट भएको जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुले जनाएको छ ।

छनोट भएका खेलाडीलाई प्रदेश नं. १ को राजधानी विराटनगरमा सञ्चालन हुने प्रदेशस्तरीय प्रतियोगितामा सहभागी गराइने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button