तपाईँ सुन्दै हुनुहुन्छः

न्यून कार्बन उत्सर्जन सहितको हरित विकास चीनको लक्ष्य : राष्ट्रपति चिनफिङ

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन आगामी दशकहरूमा न्यून कार्बन उत्सर्जन सहितको हरित विकासको लक्ष्य लिएर अघि बढ्ने बताउनुभएको छ ।

विश्वव्यापी  मौसम परिवर्तनको असर न्यूनीकरणका सम्बन्धी ४० देशका सरकार प्रमुख सम्मिलित एक सम्मेलनलाई बिहिबार सम्बोधन गर्नुहुँदै राष्ट्रपति चिनफिङले विश्वव्यापी मौसम परिवर्तनको असर सँग जुध्न चीन अमेरिकासहित विश्वका अरू मुलुकहरूसँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button