तपाईँ सुन्दै हुनुहुन्छः

मौसम परिवर्तनसँग जुध्न यो निर्णायक दशक : अमेरिकी राष्ट्रपति वाइडन

 वासिङ्टन । अमेरिकी राष्ट्रपति जो वाइडनले विश्वव्यापी मौसम परिवर्तनसँग जुध्न यो निर्णायक दशक भएको बताउनुभएको छ ।
मौसम परिवर्तनको असर न्यूनीकरण सम्बन्धी ४० देशका सरकार प्रमुख  सम्मेलित एक सम्मेलनलाई बिहीबार सम्बोधन गर्नुहुँदै राष्ट्रपति  वाइडनले अमेरिकाले आफ्नो कार्बन उत्सर्जन ५० देखि ५२ प्रतिशतले कम गरी सन् २००५ को तह भन्दा पनि कममा पुर्‍याउने जानकारी दिनुभयो ।
सम्मेलनमा विश्वका सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने दुई मुलुकहरू चीन र भारतले भने कुनै नयाँ प्रतिबद्धता व्यक्त नगरेको सञ्चार माध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button