तपाईँ सुन्दै हुनुहुन्छः

प्यालेस्टाइनको आम निर्वाचनलाई सहयोग गर्न अपिल

मध्यपूर्वका लागि संयुक्त राष्ट्रसंघका दूत टोर वेन्स्ल्याण्डले प्यालेस्टाइनको आम निर्वाचनलाई सहयोग गर्न अपिल गर्नुभएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उहाँले सो अपिल गर्नुभएको हो ।

उहाँले भन्नुभएको छ– संयुक्त राष्ट्रसंघले यो अपिल गर्दछ कि प्यालेस्टाइनमा समावेशी रुपमा हुने निर्वाचनले आगामी दिनमा यहाँको प्रजातान्त्रिक सरकारको पुनस्र्थापना गर्नेछ, त्यसैले सबैले सहयोग गर्नु आवश्यक छ ।

यहाँ १५ वर्षपछि निर्वाचन हुन लागेको र जुन निर्वाचन एक महत्वपूर्ण र प्रजातन्त्रका लागि ऐतिहासिक निर्वाचन हुनेछ उहाँले भन्नुभएको छ । यहाँ मे २२ का लागि आम निर्वाचनको घोषणा गरिएको छ । सो निर्वाचनका लागि तयारी भइरहेको बताइएको छ ।

यो आमनिर्वाचनले वेष्ट ब्यांक र गाजालाई पनि एकताबद्ध गर्ने काममा सघाउने तथा यस कार्यका लागि बाटो खोल्ने अपेक्षा गरिएको पनि विश्वास लिइएको छ ।रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button