तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा एमाले बैठक: सांगठानिक र राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदै

काठमाडौँ ।नेकपा एमालेको दशौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैशााख ६ गतेको बैठकमा पेश गर्नुभएको राजनीतिक प्रतिबेदन र महासचिव ईश्वर पोखरेलले पेश गर्नुभएको सांगठानिक प्रस्तामा छलफल हुने बुझिएको छ ।

बैशाख ६ गते बसेको बैठकले संघीय संसद र कर्णाली प्रदेशका गरी ३२ जना सांसदलाई पार्टी निर्णय र विधान विपरित समानान्तर गतिबिधि गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरे अनुसार स्पष्टीकरण सोधिएको थियो । स्पष्टीकरण सोधिएका नेताहरुले जवाफ दिईसक्नु भएको छ ।
बैठकले केन्द्रिय सदस्यहरुको कार्यविभाजन समेत गर्ने बताईएको छ ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button