तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री आलेद्वारा आर्थिक सहयोग

File Photo

काठमाडौं।वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले मिर्गौला तथा थाइराइड पीडित एक महिलालाई आर्थिक सहयोग गर्नुभएको छ । उहाँले डोटीको दिपायल सिलगढी नगरपालिका–९ कलेनाकी ५३ वर्षीया मिर्गौलापीडित उजुली आउजीलाई रु १५ हजार तथा आदर्श गाउँपालिका–५ का थाइराइडका बिरामी रुपसिंह टमटालाई रु १० हजार सहयोग प्रदान गर्नुभएको हो ।

लामो समयदेखि बिरामी भएर काठमाडौँमा उपचार गराइरहनुभएका दुवैलाई उपचारमा केही सहज होस् भन्ने उद्देश्यले उक्त रकम मन्त्रीले प्रदान गर्नुभएको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले बताउनुभयो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button