तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंजमा थप ७८ जना संक्रमित

वीरगंज । नारायणी अस्पतालमा गरिएको पछिल्लो पिसीआर परीक्षणको क्रममा ७८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालमा १ सय ३८ जनाको पिसीआर परीक्षण गरिएकोमा ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले जानकारी दिनुभयो ।
संक्रमित मध्ये ५७ जना पर्सा जिल्लाको रहेकोमा वीरगंज महानगरपालिकाका ५१ जना रहेको डा. दासले बताउनुभयो ।
त्यसै गरी कोरोना संक्रमण पुष्टि हुनेहरूमा बाराका १८ जना रहेका छन् भने सर्लाहीका २ जना, र धनुषाको १ जनामा कोरोना संक्रमण पुष्टि भएको डा. दासले बताउनुभयो । सङ्क्रमितको उमेर समूह ३ बर्ष देखी ७० बर्ष सम्म रहेको र सङ्क्रमितको सिटी भ्यालु १४ देखी ३४ सम्म रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. दासले जानकारी दिनुभयो ।
नारायणी अस्पतालको प्रयोगशालामा चैत २७ गते देखि वैशाख ९ गते सम्म गरिएको १ हजार २ सय ३९ जनाको पिसिआर परीक्षणमा ६ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button