तपाईँ सुन्दै हुनुहुन्छः

कैलाली ५३ जना सङ्क्रमित थपिए

धनगढी । कैलालीमा कोरोना संक्रमित दर बढ्दै गएको छ । आज कैलालीमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा धनगढी उपमहानगरपालिका क्षेत्रका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसै गरी घोडाघोडी नगरपालिकाका ८ जना, जानकी गाउँपालिकाका ४ जना, गोदावरी नगरपालिकाका ६ जना, टिकापुर नगरपालिकाका ४ जना, जोशीपुर गाउँपालिका र चुरे गाउँपालिकाका १र१ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिनुभयो ।
कैलालीमा हिजो ४० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । भारतबाट आएका अधिकांश नेपालीमा कोरोना संक्रमण देखिएको स्वास्थ्यकर्मीको भनाई छ ।
कोरोना संक्रमित बढेसँगै सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालका वार्ड समेत भरिन थालेका छन् । ५० शय्या क्षमता रहेको अस्पतालमा हाल ३८ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । ती मध्ये ३ जनाको भेन्टिलेटर तथा केहीको आइसियुमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।
कैलालीमा हालसम्म झन्डै चार सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्य ८६ जनालाई धनगढी उपमहानगरपालिका स्थित कनरी आइसोलेसन सेन्टरमा राखिएको, केही संक्रमित कोरोना अस्पताल भर्ना भएको र बाकी संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button