तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं। निर्वाचन आयोगले आगामी जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य उप–निर्वाचनका लागि वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।
आयोगको आज बसेको बैठकले निर्वाचनलाई सुव्यवस्थित रूपमा सम्पन्न गर्न निर्वाचन पूर्व, निर्वाचनको समयमा र निर्वाचन पश्चात् गर्नुपर्ने क्रियाकलापहरू समेटिएको निर्वाचन कार्यपालिका स्वीकृत गरेको छ ।
स्वीकृत कार्यपालिका अनुसार उपनिर्वाचनको लागि मतदानको समय आगामी जेठ ६ गते बिहीबार बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म निर्धारण गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन बमोजिम निर्वाचन अधिकृतको पदमा नियुक्त गर्न न्याय परिषद्को परामर्शमा दुई जना जिल्ला न्यायाधीशको नामावली माग गरी नेपाल सरकार, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा लेखी पठाउने समेत निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
वाग्मती प्रदेशको अन्य समूह तर्फबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सदस्यको रिक्त रहेको एक पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button