तपाईँ सुन्दै हुनुहुन्छः

थप २ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि, 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

काठमाडौँ । आज देशभर कोरोना भाइरसबाट २ हजार ५ सय ५९ जना संक्रमित भएका छन् ।

८ हजार ७ सय ९८ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा २ हजार ४ सय ४९ तथा ८ सय ६६ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा १ सय १० जना गरी जम्मा २ हजार ५ सय ५९ जनामा  संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यो सहित अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या २ लाख ९४ हजार ६ सय १ पुगेको छ ।
यसैगरी आज थप ४ सय १० जना कोरोना सङ्क्रमणबाट निको भई घर फर्किएका छन् । आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको हुने दर ९३ दशमलव ९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल नेपालमा १४ हजार ७ सय २४ सक्रिय संक्रमित रहेका छन् ।
आज देशभर कोरोना सङ्क्रमणबाट ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३ हजार १ सय २२  पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button