तपाईँ सुन्दै हुनुहुन्छः

असिनाबाट ४८ करोडको तरकारी बाली क्षति

धनकुटा । छथर जोरपाटी गाउँपालिकामा वैशाख २ गते परेको असिना पानीबाट ४८ करोड बराबरको तरकारी, फलफूल तथा नगदे बाली नष्ट भएको पालिकाले जानकारी दिएको छ ।
कृषि शाखाले गरेको अनुगमन तथा सार्वजनिक सूचना जारी गरी सङ्कलन गरेको विवरण अनुसार पालिकाको वडा नं.२, ५, र६ मा लगाइएको सबै बालीहरू र अन्य ३ वडामा आंशिक क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।
सबैभन्दा बढी वडा नं.६ मा २० करोडभन्दा बढीको कारकारी तथा अन्य बालीहरूमा क्षति भएको छ । त्यसपछि वडा नं.५ मा १३ करोड र वडा नं. २ मा ११ करोड बरावरको क्षति भएको छ ।
पालिकाको कृषि तथा पशु शाखाले पालिकाका ६ वटै वडाको क्षति विवरण सङ्कलन गरेर निर्णयका लागि पालिका बैठकमा पेस गरेको छ ।
मङ्गलवार बसेको पालिकाको बैठकले क्षतिपूर्ति तथा राहतका लागि सङ्घ, प्रदेश र सम्बन्धित निकायहरूमा पहल गर्ने निर्णय गरेको पालिका अध्यक्ष शेरबहादुर लिम्बूले जानकारी दिनुभयो ।
असिनाबाट काउली, बन्दा, आलु, रायो, मटर कोसा, खुर्सानी, मकै, गोलभेँडा, काँक्रो, अलैँची, अम्रिसो, घाँस तथा फलफूल र केही चौपाया क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button