तपाईँ सुन्दै हुनुहुन्छः

मोरङका सिमानाकाबाट आवतजावतमा कडाइ

विराटनगर । भारतमा कोरोना सङ्क्रमण बढ्दै गएपछि मोरङका सीमावर्ती नाकाहरूमा आजबाट सुरक्षा व्यवस्था थप कडा बनाइएको छ । रानी बाहेक अन्य नाकाहरूबाट आवतजावतमा रोक लगाइएको हो ।
विराटनगरस्थित रानी सिमानाकाबाट नेपाल प्रवेश गर्नेको एन्टीजेन परिक्षण गर्न थालिएको सशस्त्र प्रहरीका एसपी तीर्थ पौडेलले बताउनुभयो । विराटनगर महानगरपालिकासंगको समन्वयमा नेपाल  फर्केकाहरूको एन्टीजेन परिक्षण थालिएको हो ।
चोर बाटोबाट नेपाल प्रवेश गर्न खोज्नेलाई भारततर्फ फर्काउने र दशगजा क्षेत्रमा मानिसहरूलाई ल्याउने/लैजाने सिटी रिक्सा तथा अटोहरुलाई समेत कारबाही गर्न थालिएको उहाँले बताउनुभयो । सिमानाकाहरुमा चौबिसै घण्टा प्रहरी तैनाथ गरी गस्ती समेत बढाइएको छ । चोर बाटोहरूमा समेत थप प्रहरी पोस्ट स्थापना गरी निगरानी बढाइएको छ ।
यसैविच प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले सीमा नाका व्यवस्थित गर्न निर्देशन दिनुभएको छ । रानी र आसपास क्षेत्रको स्थलगत अनुगमन गर्दै मन्त्री राईले नाकाबाट नेपाल प्रवेश गर्नेको रेकर्ड राख्न र स्वास्थ्य परीक्षण गर्न निर्देशन दिनुभयो ।
सशस्त्र प्रहरीका एसपी तीर्थ पौडेलले सीमा नाकामा सुरक्षा जाँच कडा गरेको बताउनुभयो । उहाँले शंकास्पदहरुको चेकजाँच गरी सम्बन्धित निकायमा जानकारी पठाउने गरिएको मन्त्री राई समक्ष जानकारी गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button