तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा बिहानैदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्ग सुचारु

टीकापुर कैलाली । कैलालीमा आज बिहानैदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्ग सुचारु भएको छ ।
मृतकका परिवारलाई क्षतिपूर्ति स्वरूप ७ लाख नगद र मोटरसाइकल मर्मत गरिदिने सहमति भएपछि राजमार्ग सुचारु भएको हो ।
बिहीबार गौरीगङ्गा नगरपालिकाको राजीपुरमा बसले ठक्कर दिँदा लम्कीचुहा नगरपालिका वडा नम्बर–४ का २७ वर्षीय लालितजंग रावतको मृत्यु भएको थियो । त्यही विषयलाई लिएर मृतकका परिवार र आफन्तले आज बिहान साढे ६ बजेदेखि लम्कीचुहा नगरपालिकाको भल्का, स्याउले र बलियामा अवरुद्ध गरेको राजमार्ग दिउँसो ३ बजेदेखि सुचारु भएको छ ।
बिहानैदेखि अवरुद्ध राजमार्ग सुचारु भएपछि सवारी साधानहरु गन्तव्यतर्फ हिँडेका इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक भरत शाहले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button