तपाईँ सुन्दै हुनुहुन्छः

धनकुटामा कोभिड विरुद्धको दोस्रो चरणको खोप लगाउन सुरु

धनकुटा  । धनकुटाको सहिदभुमि गाउँपालिकामा कोभिड विरुद्धको दोस्रो चरण अन्तर्गतको खोप लगाउन सुरु गरिएको छ ।
बिहीबार र आज(शुक्रवार) २ दिनसम्म लगाइएको  उक्त खोप ३० पुरुष र २० महिला गरी ५० जनाले लगाएका छन् ।
माघ  र फागुन पहिलो मात्रा लगाइएकालाई दोस्रो खोप दिइएको पालिकाले जनाएको छ ।
कोभिट विरुद्धको दोस्रो चरण खोप लगाउने अभियान अन्तरगत पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, जनप्रतिनिधि, गाउँपालिका कर्मचारी, र बैङ्क तथा वित्तीय संस्थाका प्रतिनिधिहरूलाई खोप लगाइएको हो ।
त्यस्तै गरी  छथर जोरपाटीमा पनि कोभिड विरुद्धको पहिलो चरण अन्तर्गतको दोस्रो खोपको मात्रा लगाउन सुरु गरिएको छ ।
बिहीबार र शुक्रवार २ दिनसम्म लगाइएको उक्त खोपको पहिलो दिन ३१ पुरुष र ३२ महिला गरी ६३ जनाले लगाएका छन् ।
माघ १४, १६ र फागुन २ र ६ गते पहिलो मात्रा लगाइएका १ सय ७५ जनालाई दोस्रो खोप दिइएको पालिकाका स्वास्थ्य प्रमुख सुन्दरमान डङ्गोलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button