तपाईँ सुन्दै हुनुहुन्छः

एनएसएल को विजेताले ३५ लाख पाउने

काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को विजेताले ३५ लाख पाउने भएको छ ।

आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले शुक्रवार पत्रकार सम्मेलन गर्दै लिगको विजेताले ३५ लाख पाउने जनाएको छ । यस्तै उपविजेताले १५ लाख पाउने छ ।

लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ । लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौँ रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुने लिगको उद्घाटन खेलमा काठमाडौँ रेजर्स फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

उद्घाटन खेल शनिबार हुनेछ । काठमाडौँ र ललितपुर बिचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिग राउन्ड रोबिनको आधारमा हुनेछ । जेठ १ सम्म सञ्चालन हुने लिगमा कुल २५ खेल हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button