तपाईँ सुन्दै हुनुहुन्छः

आगलागीबाट ३ घर जलेर नष्ट, लाखौँको क्षति

वीरगञ्ज । पर्सा जिल्ला सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ३ प्रतिटोलमा आज अपराह्न ३ बजे आगलागी हुँदा ३ घर जलेर नष्ट भएका छन् ।
स्थानीय अनुषा खातुनको घरमा विद्युतको तार सर्ट भई आगलागी हुँदा सरिफ राम र सकिर अन्सारीको घर समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता ओम प्रकाश खनालले जानकारी दिनुभयो ।
आगोलाई स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पोखरीया नगरपालिकाबाट गएका दमकलले नियन्त्रणमा लिएका थिए । आगलागीबाट ७ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरी प्रवक्ता खनालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button