तपाईँ सुन्दै हुनुहुन्छः

अन्तरपुस्ता सीप हस्तान्तरण कार्यक्रम सम्पन्न

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका सामाजिक विकास शाखा कञ्चनरुपले ज्येष्ठ नागरिक अन्तर्गत विद्यालय स्तरमा अन्तरपुस्ता सीप हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्रवार कञ्चनरुप नगरपालिका –१२ रुपनगरमा रहेको शङ्कर माध्यमिक विद्यालयमा अन्तरपुस्ता सीप हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।
कोरोना महामारीका बीच स्वास्थ्य मापदण्डलाई अपनाई कक्षा ९ र १० का करिब ५० जना विद्यार्थीहरूसँग विद्यालयका शिक्षक, सञ्चारकर्मी सहितको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा नगर प्रमुख वसन्त कुमार मिश्रले ज्येष्ठ नागरिकको सम्मान, उचित स्याहार, माया प्रेम गर्न विद्यार्थीहरूलाई सुझाव दिनुभएको थियो । उहाँले मरेपछि ठुलो भोज गर्नुको साटो जिउँदैमा उचित सम्मान र माया दिन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा ज्येष्ठ नागरिक मञ्चका जिल्ला सचिव बैधनाथ झा र अधिवक्ता ध्रुवकुमार मण्डलले सहजीकरण गर्नुभएको थियो भने महिला विकास अधिकृत सुशीला कुमारी चौधरीले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button