तपाईँ सुन्दै हुनुहुन्छः

१३ फर्मका १६ सञ्चालक विरुद्ध मुद्दा दायर

काठमाडौँ । राजस्व अनुसन्धान विभागले २ अर्ब १९ करोड ८७ लाख भन्दा बढीको बिगो दाबीसहित १३ फर्मका १६ सञ्चालक विरुद्ध मुद्दा दायर गरेको छ ।
झुट्टा तथा नक्कली बिल प्रयोग गरी राजस्व ठगी गर्ने १३ फर्मका १६ सञ्चालक विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता भएको हो ।
१३ फर्मका सञ्चालकहरूले नक्कली बिल प्रयोग गरी मूल्य अभिवृद्धि करतर्फ ६४ करोड ५० लाख ९७ हजार ८७२ रुपैयाँ र आय करतर्फ १ अर्ब ५५ करोड ३६ लाख ९७ हजार ४४२ रुपैयाँ राजस्व चुहावट गरेको भनी विभागले मुद्दा दायर गरेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
राजस्व छली गर्नेहरूमा अनिल गुप्ता, अनिल कुमार गुप्ता, प्रवीण कुमार महतो, अभिमन महतो कोइरी, अकल हजरा दुसाद, मुअन महरा, रामचन्द्र माझी,  भुलावन महरा चमार, दिपक कुमार कायस्थ, ओकिल देवान, सरोज श्रेष्ठ, सञ्जय श्रेष्ठ, बाणेश्वर महतो, सरोज ढकाल, राधेश्याम प्रसाद साह तेली, रत्न गोपाल श्रेष्ठले राजस्व ठगीको भन्दै विभागले मुद्दा दर्ता गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button