तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुर गोल्डकपः क्यामरुन र रुपन्देही फाइनल प्रवेश

भोजपुर । भोजपुरको स्थानीय टुँडिखेलमा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण मेयर गोल्डकप अन्तर्गत शुक्रवार भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक भोजपुर फुटबल क्लबलाई हराउँदै रुपन्देही फाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिता अन्तर्गत शुक्रवार भएको खेलमा निर्धारित समयमा दुवै तर्फबाट कुनै पनि गोल हुन नसकेपछि थपिएको अतिरिक्त समयमा दुवै टिमबाट १–१ गोलको बराबरी भएपछि ट्राई बेकरमा धकेलिएको खेलमा आयोजक भोजपुर फुटबल क्लबलाई ४–२ ले स्तब्ध बनाउँदै गोर्खा ब्वाइज क्लब रुपन्देही फाइनलमा प्रवेश गरेको हो ।
रुपन्देहीका तर्फबाट जर्सी नम्बर १० का शक्ति राई, ८ का निरबहादुर आले, १४ का सुशील यादव र ९ का अजित गुरुङले १–१ गोल गरेका थिए भने भोजपुरका तर्फबाट जर्सी नम्बर १६ का सुशान्त तामाङ र १४ का तीर्थ बस्नेत १–१ गोल गरेका थिए ।
प्रतियोगिता अन्तर्गत बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा भगवती स्पोर्टस क्लब खोटाङलाई शून्यका विरुद्ध ३ गोल गर्दै अफ्रिकन रुट्स एसोसिएसन क्यामरुन फाइनल प्रवेश गरेको थियो ।
शनिवार हुने फाइनल खेलमा अफ्रिकन रुट्स एसोसिएसन क्यामरुन र गोर्खा ब्वाइज क्लब रुपन्देहीबीच प्रतिस्पर्धा हुने आयोजक भोजपुर जिल्ला फुटबल संघका महासचिव सफल किराँतले बताउनुभयो ।
गत वैशाख ५ गतेबाट शुरु जिल्लाकै सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिताको विजेताले ५ लाख नगद र उपविजेताले ३ लाख नगद हात पार्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button