तपाईँ सुन्दै हुनुहुन्छः

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

मकवानपुर । मकवानपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत मकवानपुरको मनहरी गाउँपालिका–९ खंरगामा भएको सवारी दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।
हेटौँडातर्फ आउँदै गरेको ना ५ ख ४७४० नम्बरको ट्रकको ठक्करबाट ना १ ह ७१८४ नम्बरको अटो दुर्घटना हुँदा अटो चालक मनहरी–९ बस्ने अन्दाजी ३० वर्षका कुमार राना मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
अटोमा सवार सोही ठाउँका ५३ वर्षीय अर्जुन कुमार स्याङ्तान र निजको छोरा १० वर्षीय सन्देश स्याङ्तान घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिनुभयो । घाइतेहरूको हेटौडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button