तपाईँ सुन्दै हुनुहुन्छः

दुर्गम गाउँमा सडक पुर्‍याउँदै पूर्वाधार कार्यालय 

जुम्ला ।  जुम्ला तिला गाउँपालिका ९ का दुर्गम गाउँहरूलाई सडकको पहुँचमा ल्याउन सडक निर्माण कार्य थालिएको छ ।
तिला ९ स्थित जिल्लाकै विकट रासा,मालापानी,ढिपु,सुडी र खोप्डी लगायतका गाउँहरूलाई  सडकको पहुँचमा पुर्‍याउन पूर्वाधार विकास कार्यालय जुम्लाले नयाँ सडक निर्माण कार्यको थालनी गरेको हो ।

अहिलेसम्म सडकको पहुँचमा नपुगेका यी बस्तीलाई राहत हुने गरी विशेष चासोका साथ सडक निर्माणलाई अघि बढाइएको पूर्वाधार विकास कार्यालयका प्रमुख रुप बहादुर रावलले बताउनुभयो ।

उहाँले जुम्लाकोट रासा मालापानी ढिपु,सुडी हुँदै खोप्डी जोड्ने उक्त सडकको गत आ।व।मै ठेक्का भएपनि विभिन्न कारणले ठेक्का रद्द भएको बताउनुभयो ।  पूर्वाधार विकास कार्यालयले दुर्गम बस्तीलाई सडक पहुँचमा ल्याउन विशेष चासो देखाए पश्चात् रि टेण्डर गरेर यस वर्ष निर्माण थालिएको कार्यालय प्रमुख रावलले बताउनु भयो ।

जिल्लाकै सबैभन्दा दुर्गम बस्तीहरू रासा मालापानी,ढिपु,खोप्डी र सुडीमा सडक पुर्‍याउन तिला गाउँपालिका ८ को मानेचौरबाट सडक निर्माणको सुरुवात गरिएको छ उहाँले भन्नुभयो ।  । जसको निर्माणको जिम्मा ईलाईट वाइएसएस निर्माण कम्पन्नीले पाएको रावले जानकारी दिनुभयो ।

 

करिब ७ किलोमिटर लम्बाई, ८ देखि १० मिटरसम्म चौडाइ भएको दुईलेनको सडक निर्माणका लागि करिब पौने ४ करोडको स्टमेट भएपनि निर्माण कम्पन्नीसंग १ करोड ५७ लाखमा  संझौ भएको रावलले जानकारी दिनुभयो ।

आगामी आर्थिक वर्ष २०७८र७९ को पुस मसान्तसम्म निर्माण कार्य गरिसक्ने गरी ठेक्का सम्झौता भएको उहाँले बताउनुभयो । ‘आउँदो असारसम्ममा तिलाको दुर्गम मालापानीबस्तीलाई सडकको पहुँचमा पुराइने छ ’ प्रमुख रावलले बताउनुभयो ।

जुम्लाकोट, रासामालापानी सडक निर्माणका लागि बजेट अभाव नरहेकोले असार महिनासम्म ७० प्रतिशत काम सक्ने लक्ष्यका साथ दुई वटा मेसिन प्रयोग गरेर सडक निर्माण भइरहेको रावलले  जानकारी दिनुभयो ।

सडक पहुँच विस्तारमा पूर्वाधार कार्यालय
रासा मालापानी,सुडी ढिपु जस्ता जुम्लाका दर्जनौँ दुर्गम बस्तीहरूलाई सडक सञ्जालको पहुँचमा ल्याउन पूर्वाधार विकास कार्यालयले उल्लेखनीय रुपमा काम गरिरहेको छ । जुम्लाका आठै स्थानीय तहका दुर्गम बस्तीमा सडक पुराउन मन्त्रालय धाउँदै बजेट जुटाई सडक निर्माण भइरहेको हो ।

एयरपोर्ट,उर्थु,पटमारा हुँदै खाली मुगु जोड्ने सडकमा पनि पूर्वाधार कार्यालय करोडौँ लगानी गरेर पातारासी दुर्गम बस्तीलाई सडकको पहुँचमा ल्याएको छ । सडक निर्माणसँगै स्थानीयहरूलाई सुविधा त पुगेकै छ मुगुको राराताल हुँदै खाली भएर जुम्ला आउने पर्यटकका लागि पनि राहत भएको छ ।

त्यस्तै  सिञ्जा गाउँपालिका सनिगाउँ भाडगाउँलाई पनि सडकको पहुँचमा ल्याउने गरी काम भइरहेको छ । जुम्ला हुँदै डोल्पा जिल्ला जोड्ने सडक निर्माणमा पनि पूर्वाधार विकास कार्यालयले अग्रसरताका साथ काम गरिरहेको छ ।

जुम्लाका आठै स्थानीय तहका बस्ती बस्तीमा सडक पुराउने लक्ष्यका साथ काम गरिरहेको पूर्वाधार विकास कार्यालयका अधिकांश योजनामा बजेट अभाव रहेको कार्यालय प्रमुख रुप बहादुर रावल बताउनुहुन्छ । थोरै सडक निर्माणका लागि पनि माटो बजेट चाहिने तर विनियोजन आवश्यकता अनुसार नहुँदा निर्माणमा समस्या हुने गरेको छ ।

जुम्लाका दुर्गम बस्तीलाई आउँदो दुईदेखि तीन वर्षभित्र ग्रामीण सडकको पहुँचमा पुर्‍याउने  लक्ष्यका साथ सडक निर्माण कार्यलाई दुर्तगतीमा बढाइएको पूर्वाधार विकास कार्यालय जुम्लाले जनाएको छ ।

गाउँ गाउँमा सडक पुराएर नागरिकले राहत महसुस गरेपनि जुम्लाका सयौँ बस्तीलाई कर्णाली राजमार्गसँग जोड्ने पुल निर्माण कार्यलाई समेत प्राथमिकता दिनुपर्ने नागरिक अगुवाको जोड छ । अबको एक वर्षभित्र जुम्लाका सबै बस्तीमा सडक पुग्ने विश्वास छ

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button