तपाईँ सुन्दै हुनुहुन्छः

एमाले बागमती प्रदेशको मुख्य सचेतकमा निरौला

मकवानपुर । नेपाल कम्युनिसष्ट पार्टी (एमाले) बागमती प्रदेशको मुख्य सचेतकमा दीपक निरौला मनोनीत हुनुभएको छ ।

तत्कालीन मुख्य सचेतक केशव पाण्डे प्रदेशको आन्तरिक तथा कानुन मन्त्री भएपछि रिक्त रहेको सो पदमा निरौलालाई मनोनयन गरिएको हो ।

दलका नेता एवम् बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा (एमाले) को दलको विधान २०७७ को दफा १३ बमोजिम मनोनयन गर्नुभएको हो ।

निरौलालाई गते १७ गते मुख्य सचेतकमा नियुक्त गरी आज बागमती प्रदेशसभा सचिवालयलाई जानकारी समेत गराइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button