तपाईँ सुन्दै हुनुहुन्छः

थप ९ हजार ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, थप ५४ जनाको मृत्यु

file photo
काठमाडौँ । आज देशभर ९ हजार ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २० हजार ३ सय ६७ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार ९ सय ७० जना र ७ सय ७५ एन्टीजेन परिक्षण गर्दा १ सय जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज काठमाडौँमा ३ हजार १ सय ६३, ललितपुरमा ५ सय ६७ र भक्तपुरमा २ सय ४२ गरी काठमाडौँ उपत्यकामा ३ हजार ९ सय ७२ जना संक्रमित भएका छन् ।
आज रुपन्देहीमा १ हजार ६९, कास्कीमा ३ सय ७५, बाँकेमा ३ सय ९८, सुर्खेतमा २ सय ६, दाङमा २ सय ४६, मोरङमा २ सय ५५, झापामा १ सय ५३, सुनसरीमा १ सय ३३, नवलपरासीमा १ सय ६०, धनुषा १ सय ४०, मकवानपुर १ सय २६, कैलालीमा १ सय १५, पर्सामा १ सय ४ संक्रमित थपिएका छन् ।
तथ्याङ्क अनुसार आज सबैभन्दा बढी सङ्ख्यामा ३० देखी ३९ वर्षका २ हजार २ सय ३४ जना र २० देखी २९ वर्षका २ हजार १ सय ९३ जना संक्रमित भएका छन् ।
नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या ३ लाख ६८ हजार ५ सय ८० पुगेको छ ।
कोरोना सङ्क्रमणका कारण आज ५४ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३ हजार ५ सय २९ पुगेको छ ।
हाल देशभर ७२ हजार ५ सय ७१ जना सक्रिय संक्रमित छन् । जसमध्ये ६ सय ५२ जनाको आइसियु र २ सय १ जनाको भेण्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
आज कोरोना सङ्क्रमणबाट २ हजार ७ सय ७ जना निको भएका छन् । हालसम्म संक्रमण मुक्त हुने दर ७९ दशमलव ४ प्रतिशत रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button