तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा एकै दिन ७०० मा कोरोना संक्रमण पुष्टि

बाँके । बाँकेमा बिहीबार ठुलो सङ्ख्यामा कोरोना संक्रमण देखिएको छ । जिल्लाका ३ वटा ल्याबमा ९ सय २७ जनाको पिसिआर परीक्षण गर्ने क्रममा ७ सय जनालाई कोरोना संक्रमण देखिएको हो । जसमध्ये ५ सय बाँकेका र २ सय अन्य जिल्लाका रहेका छन् ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका अनुसार भेरी अस्पतालको ल्याबमा जिल्ला भित्रका ३ सय ३३ र जिल्ला बाहिरका ९४ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ल्याबमा जिल्लाभित्रका ६९ र जिल्ला बाहिरका १७ जना र वागेश्वरी पोलिक्निकको ल्याबमा जिल्लाभित्रका ९८ र जिल्ला बाहिरका ८९ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button