तपाईँ सुन्दै हुनुहुन्छः

बिपीमा कोरोना सङ्क्रमित एक जनाको मृत्यु

सुनसरी । सुनसरीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड–१९ अस्पतालमा सिराहाका १ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणि पोखरेलका अनुसार सिराहाको गोल बजार ६ निवासी २९ वर्षीय पुरुषको आज बिहान उपचारको क्रममा ११ः१५ मा मृत्यु भएको हो ।
नोबेल मेडिकल कलेज विराटनगरबाट रेफर भएर आएका उनमा वैशाख १२ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनलाई सोही दिन कोभिड अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button