तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंज थप १ सङ्क्रमितको मृत्यु, एकै दिन ७ जनाले ज्यान गुमाए

वीरगंज । वीरगञ्जमा उपचाररत थप १ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
वीरगंज स्थित नारायणी अस्पतालमा उपचाररत पर्साको विश्रामपुर वडा नम्बर २ निवासी ४६ बर्षीया महिलाको आज अपराह्न ४ः४५ बजे उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले बताउनुभयो ।
वैशाख २२ गते नारायणी अस्पतालमा भर्ना भएकी महिलाको एन्टिजिन परीक्षणमा कोरोना पोजेटिभ भएपछि अस्पतालमा भर्ना गरिएको र उपचारकै क्रममा श्वासप्रश्वासमा समस्या भएपछि आज अपराह्न मृत्यु भएको डा.दासले बताउनुभयो ।
यस अघि आज वीरगंजमा ६ जना सङ्क्रमितको मृत्यु भएको थियो । महिलाको मृत्यु सँगै वीरगंजमा एकै दिनमा ज्यान गुमाउनेको सङ्ख्या ७ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button