तपाईँ सुन्दै हुनुहुन्छः

सभापति देउवाद्वारा पहाडीको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व मन्त्री मोतीप्रसाद पहाडीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । पहाडीको ७७ वर्षका उमेरमा बुधवार राति भेरी अस्पताल, नेपालगन्जमा उपचारका क्रममा निधन भएको हो ।
पूर्व प्रधानमन्त्री देउवाले आज शोक विज्ञप्तिमार्फत पहाडीले मुलुकको लोकतान्त्रिक आन्दोलनमा  पुर्‍याउनु भएको सक्रिय भूमिकाको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
पहाडी २०५१ सालको संसदीय निर्वाचनमा डोल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।  पहाडी आपूर्ति र  वन तथा भूसंरक्षण मन्त्री र कानुन राज्यमन्त्रीसमेत हुनुभएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button