तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री भट्टलाई मातृशोक

file photo
डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृशोक परेको छ ।  केआइसिंह गाउँपालिका–६ फलेडीका स्थायी बासिन्दा रहनुभएका मुख्यमन्त्री भट्टकी आमा ८४ वर्षीया शारदाको आज निधन भएको हो ।
केही दिन पहिलेदेखि स्वास्थ्यमा समस्या आएपछि उहाँको आज आफ्नै निवासमा मृत्यु भएको मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिनुभयो । मुख्यमन्त्री भट्ट अहिले आफ्नो निवास डोटी पुगिसक्नुभएको र आमाको अन्त्येष्टि शुक्रवार मात्रै गरिने उहाँका घरपरिवारले जनाएको छ  । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button