तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालका कर्मचारीको कोरोना संक्रमणका कारण मृत्यु

डोटी । कोरोना सङ्क्रणका कारण आज एक कर्मचारीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार सप्तरीको कञ्चनरुप नगरपालिकाका ३० वर्षीय एक पुरुषको कोरोनाका कारण मृत्यु भएको हो ।

उहाँ रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलमा प्राविधिक पदमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।

केही दिनपहिले कोरोना परीक्षण गर्दा उहाँको पिसिआर पोजेटिभ देखिएको थियो । उहाँलाई स्वास्थ्यमा थप समस्या भएपछि यही वैशाख २२ गते जिल्ला अस्पतालको आइसोलेशनमा राखेर उपचार भइरहेको जिल्ला अस्पतालका डा प्रकाश ठकुल्लाले जानकारी दिनुभयो ।

उहाँसहित कोरोना भाइरसको सङ्क्रणबाट जिल्लामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ भने अस्पतालको आइसोलेशनमा मृत्यु हुनेमा उहाँ दोस्रो व्यक्ति हो ।

शव नेपाली सेनाले आजै अन्त्यष्टि गर्ने तयारी भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button