तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीमा बजेट अधिवेशन आव्हान गर्ने तयारी

सुर्खेत । कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरी बजेट अधिवेशन आव्हान तयारी गरिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कोरोना सङ्क्रमण जोखिम देखाउँदै गरेको अवरोधका कारण प्रदेशसभाको बैठक हालसम्म बस्न नसकेपछि अब हिउँदे अधिवेशनलाई अन्त्य गरी बजेट अधिवेशनको तयारी गरिएको हो ।

प्रदेश सभामुख राजबहादुर शाहीले वैशाखको अन्तिमसम्म सदन अन्त्य भई जेठ पहिलो सातामा बजेट अधिवेशन आव्हान हुन सक्ने बताउनुभयो ।

उहाँका अनुसार प्रदेश सभाको हिउँदे अधिवेशनमा कुनै विधेयक नै पारित नगरेर अन्त्य हुने सम्भावना बढेको छ ।

वैशाख ३ गतेबाट सुरु भएको हिउँदे अधिवेशन हालसम्म ३ पटक मात्र बैठक बस्न सकेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button