तपाईँ सुन्दै हुनुहुन्छः

पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमित महिलाको मृत्यु

तनहुँ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत तनहुँकी एक जना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ ।

जिल्लाको व्यास नगरपालिका–१२ की ६० वर्षीया कोरोना सङ्क्रमित महिलाको बिहीबार साँझ ६ः५० बजे उपचारको क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो ।

उनलाई बिहीबार नै कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button