तपाईँ सुन्दै हुनुहुन्छः

थप ९ हजार १ सय ९६ जनामा कोरोना संक्रमण, ५० जनाको मृत्यु 

Ministry of Health

काठमाडौँ । आज देशभर कोरोना भाइरसबाट ९ हजार १ सय ९६ जना संक्रमित भएका छन् ।

१९ हजार ९ सय ८७ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा ९ हजार २३ जना तथा ४ सय ९५ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा १ सय ७३ जना गरी जम्मा ९ हजार १ सय ९६ जनामा  संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यो सहित अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या ३ लाख ७७ हजार ६ सय ३ पुगेको छ ।
देशभरबाट गएको २४ घण्टामा २ हजार ९ सय ५ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् ।
आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको हुने दर ७८ दशमलव २ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
देशभरि आज कोरोना सङ्क्रमणबाट ५० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३ हजार ५ सय ७९  पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल नेपालमा हाल ७८ हजार ६ सय २९ सक्रिय संक्रमित आइसोलेसनमा उपचाररत छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button