तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडा अस्पतालमा २ जना कोरोना सङ्क्रमितको मृत्यु

मकवानपुर । मकवानपुरमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । हेटौँडा अस्पतालमा उपचाररत थप २ जना सङ्क्रमितको मृत्यु भएको अस्पताले जनाएको छ ।
अस्पतालका कोभिड इन्चार्ज सागर काफ्लेका अनुसार कोरोना संक्रमित भई उपचाररत हेटौँडा–७ का ४० वर्षीय पुरुष र हेटौँडा–४ की ३७ वर्षीया महिलाको मृत्यु भएको हो । यो सँगै पछिल्लो २४ घण्टामा हेटौँडा अस्पतालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३ पुगेको छ ।
यसअघि गए राति हेटौँडा अस्पतालमा रौतहटका एक सङ्क्रमितको मृत्यु भएको थियो । मकवानपुरमा आज थप १७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १५ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button