तपाईँ सुन्दै हुनुहुन्छः

बुढानीलकण्ठमा आइतबारदेखि २५ शय्याको आइसोलेसन सञ्चालन हुने

काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा नं २ को बाडेपाखाको बिएमसिए स्कुलमा २५ शय्याको आइसोलेसन सञ्चालनमा आएको छ । स्कुलमा कोभिडको प्रथम लहरमा पनि आइसोलेसन सञ्चालन गरिएको थियो ।
बुढानीलकण्ठ– १० स्थित डिठ्ठाचौर, बालुवा खानी (निर्माणाधीन नगर अस्पताल परिसर) मा पनि १५ शय्याको आइसोलेसन सञ्चालन गरिने र आइतबारदेखि सञ्चालनमा आउने वडाध्यक्ष नवराज भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button