तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाविरुद्ध नेपाललाई साथ दिन अन्तर्राष्ट्रिय समुदायलाई प्रम ओलीको आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्धको लडाइमा नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ । शनिबार अमेरिकी टेलिभिजन सीएनएनलाई विशेष अन्तर्वार्ता दिँनुहुँदै प्रधानमन्त्री ओलीले राष्ट्रसंघ लगायतका निकायलाई मद्दतका लागि आग्रह गर्नुभएको हो । प्रधानमन्त्री ओलीले नागरिकलाई भाइरस संक्रमणबाट जोगाउन सरकारले अधिकतम प्रयास गरिरहेको भन्दै भाइरस नियन्त्रणका लागि निषेधाज्ञा लगायतका प्रतिबन्धहरु लागु गर्नुपरिरहेको बताउँनुभयो ।

भाइरसबाट जोखिम वर्गलाई जोगाउन सरकारले अधिकतम प्रयास गरिरहेको भन्दै प्रधानमन्त्री ओलीले सरकारको प्रयासको कारण मृत्युदर १ प्रतिशतभन्दा तल सीमित रहेको बताउनुभयो ।

ओलीले अहिलेसम्म नेपालको परिस्थिती नियन्त्रणमा रहेको बताउनुभयो । उहाँले गतमहिना राजधानी काठमाडौंमा भएका राजनीतिक प्रदर्शन, सभा र जुलुसहरु गर्नु गलत रहेको औंल्याउनुभयो । उहाँले भन्नुभयो, ‘ती प्रदर्शन राजनीतिक भएपनि सामाजिक समस्या थियो’ उहाँले भन्नुभयो, ‘राजनीतिक दलहरुबाट केही गल्ती भयो, हेलचक्र्याइँ भएकै हो ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button