तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

बीरगंज । बीरगन्जमा आज थप ३ जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ ।
बीरगंजस्थित नारायणी अस्पतालमा उपचारार्थ भर्ना भएका जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ५ निवासी ४५ वर्षीय पुरुषको आज बिहान उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पताल बीरगंजका कोभिड संयोजक डा.सरोज रोशन दासले बताउनुभयो ।
गत वैशाख २१ गते कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएका पुरुषको वैशाख २२ गते उपचारका लागि नारायणी अस्पताल भर्ना भएकोमा उपचारको क्रममा कडा खालको निमोनियाको कारण मृत्यु भएको डा.दासले बताउनुभयो ।
यसै गरी उपचारकै क्रममा आज ११ः४५ बजे रौतहट जिल्लाको सिर्सीया निवासी ५५ वर्षीय पुरुषको मृत्यु भएको  छ ।
उनको पनि वैशाख २१ गते पिसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको र २२ गते श्वास प्रश्वासमा अवरोध भएपछि सङ्क्रमितलाई उपचारका लागि नारायणी अस्पतालमा ल्याइएको थियो ।
कडा खालको निमोनियाको कारण दुवै फोक्सो असर भई सङ्क्रमितको मृत्यु भएको डा.दासले बताउनुभयो ।
त्यसै गरी गए राति बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ निवासी ५५ वर्षीय पुरुषको समेत उपचारको क्रममा मृत्यु भएको छ ।
वैशाख ३ गते पिसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ आएका सङ्क्रमित वैशाख ८ गते नारायणी अस्पतालमा भर्ना भएका थिए ।
उनको श्वास प्रश्वास र निमोनियाको कारण मृत्यु भएको डा.दासले बताउनुभयो ।
सङ्क्रमित पुरुष भारतको दिल्लीबाट नेपाल आएको र कडा खालको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको चिकित्सकले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button