तपाईँ सुन्दै हुनुहुन्छः

नारायणी अस्पतालमा रेम्डेसिभिर आइपुग्यो, सङ्क्रमितलाई सरकारी दर रेटमै उपलब्ध गराइने

बीरगंज । कोरोना सङ्क्रमित बिरामीको उपचारको लागि स्वास्थ्य मन्त्रालयले नारायणी अस्पतालमा पठाएको दोस्रो चरणको १ सय ५० भाइल रेम्डेसिभीर आज बीरगंज आइपुगेको छ ।
नारायणी अस्पताल विकास समितिले आज जारी गरेको प्रेस विज्ञप्तिमा दोस्रो लटको १ सय ५० भाइल रेम्डेसिभिर नारायणी अस्पतालको फार्मेसीमा दाखिला भएको र उपलब्ध रेम्डेसिभिर सरकारी दर रेटमै सङ्क्रमितलाई आवश्यकताको आधारमा चिकित्सकको सिफारिसमा उपलब्ध गराइने जनाइएको छ ।
अस्पतालद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा महामारीको समयमा सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा समाचार प्रकाशित तथा प्रसारण गर्नुअघि वास्तविकता बुझेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह गर्दै महामारी विरुद्ध एकजुट भई लड्नु पर्ने बेलामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको मनोबल गिराउने कार्य नगरिदिन आग्रह समेत गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button