तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा निषेधाज्ञा पालना नगर्ने १६० सवारी साधन होल्ड, ९८ जना कारबाहीमा

तनहुँ । तनहुँमा निषेधाज्ञाको पालना नगरी अनावश्यक रुपमा हिँडडुल गर्ने ९८ र १६० सवारी साधन कारवाहीमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँले शुक्रवार र शनिबार दिउसोसम्म १६० सवारी साधनहरू जिल्लाका विभिन्न स्थानबाट होल्ड गरी निषेधाज्ञा एवं कोरोना भाईरस रोगबाट बच्नको लागी स्वास्थ्य मापदण्ड पालना गर्न सम्झाई बुझाई गरी करिब २ घण्टा होल्ड गरी छाडिएको जनाएको छ ।

त्यस्तै सो अवधिमा स्वास्थ्य मापदण्ड पुरा नगरी हिँडडुल गर्ने, सवारी चलाउने ९८ जना व्यक्तीलाई रु १०० का दरले रु ९ हजार ८ सय जरिवाना गरी सम्झाई बुझाई गरी माक्स समेत वितरण गरी छाडिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दोस्रो चरणको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागी जिल्ला प्रशासन कार्यालय तनहुँले वैशाख २२ गते राती १२ बजे देखी लागु गरेको निषेधाज्ञाको पालना नगरी अनावश्यक रुपमा हिँडडुल गर्नेहरुलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button