तपाईँ सुन्दै हुनुहुन्छः

भेरी अस्पतालमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

बाँके । बाँकेको भेरी अस्पतालमा आज (शनिवार) थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दुई जना नेपालगन्ज उपमहानगरका छन् भने एक जना जानकी गाउँपालिकाका रहेका छन् ।

जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार वैशाख १९ गते भर्ना भएका नेपालगन्ज–४ का ५८ वर्षीय पुरुषको बिहान ९ः०० बजे मृत्यु भएको छ भने २३ गते भर्ना भएका जानकी–३ की ५५ बर्षीया महिलाको १०ः३० बजे र १८ गते भर्ना भएका नेपालगन्ज–२ का ७४ वर्षीय पुरुषको पनि १०ः३० बजे नै मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा भेरी अस्पतालमा मृत्युदर बढेको छ । गए राती मात्र ५ जनाले सोही अस्पतालमा ज्यान गुमाएका थिए ।

अक्सिजनको प्रेसर कम भएका कारण मृत्युदर बढेको भेरी अस्पताल स्रोतले जनाएको छ ।

बाँकेमा आज थपिएका मृतकसँगै जिल्लामा मृत्यु हुनेको सङ्ख्या १ सय ७७ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button