तपाईँ सुन्दै हुनुहुन्छः

अक्सोमिटरको कालोबजारी गर्ने पक्राउ

बीरगंज । तीव्र गतिमा फैलिरहेको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि घोषित निषेधाज्ञाको समयमा शरीरमा अक्सिजन मापन गर्ने अक्सो मिटरको कालोबजारी गर्ने एक जनालाई पर्सा प्रहरीले रङ्गे हात पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवा निवासी ३२ वर्षीय रामहरि तिवारीले आफ्नै घरमा खोलेको औषधी पसलबाट बढी मूल्यमा मेडिकल उपकरण अक्सो मिटर तोकेको मूल्यभन्दा बढीमा विक्री गरेर उपभोक्तालाई ठगी गरेको भेटिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता ओम प्रकाश खनालले बताउनुभयो ।
१९ सय रुपैयाँ मूल्य पर्ने अक्सोमिटरलाई ३५ सयभन्दा बढी मूल्यमा बिक्री गरेर कालोबजारी गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले १२ थान अक्सिमिटरसहित तिवारीलाई नियन्त्रणमा लिएको खनालले बताउनुभयो ।
तिवारीमाथि कालोबजारी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अगाडी बढाइएको प्रवक्ता खनालले  बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button