तपाईँ सुन्दै हुनुहुन्छः

महाकाली अस्पतालमा थप एक जना कोरोना सङ्क्रमित महिलाको मृत्यु

कञ्चनपुर ।  कञ्चनपुर जिल्लाको महाकाली अस्पतालमा आज थप एक जना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ ।
भिमदत्तनगरपालिका– ६ की ३९ वर्षिया महिलाको आज दिउँसो उपचारको क्रममा मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. गोविन्द रोकायाले बताउनुभयो ।
यसअघि आज बिहान पनि एक महिलाको मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button