तपाईँ सुन्दै हुनुहुन्छः

४ लाखभन्दा बढीको अवैध मल खाद बरामद

कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले ४ लाख बढीको अवैध मल खाद बरामद गरेको छ ।
प्रहरी चौकी भुडाबाट खटिएको प्रहरी टोलीले जिल्लाको बेलौरी नगरपालिका–१० सडक घाटमा भारतबाट भन्सार छली ल्याइएका २ सय ११ कट्टा मल खाद र मल खाद ल्याउन प्रयोग गरेको २ वटा ट्याक्टरको ट्रलीसहित झण्डै ४ लाख ११ हजार बराबरको सामान बरामद गरेको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लालबहादुर बमले बताउनुभयो ।
तस्करहरूले बेवारिसे अवस्थामा छाडेर भागेको अवस्थामा फेला पारिएको सो मल खादका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बमले बताउनु भएको छ ।
कोरोना नियन्त्रणका लागि स्थानीय प्रशासनले निषेधाज्ञा गरेको भए पनि तस्करी गर्ने गिरोहहरू भने सक्रिय नै रहेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button