तपाईँ सुन्दै हुनुहुन्छः

वाणिज्य महासङ्घद्वारा अपरेसन कोभिड रिलिफ नेपाल अभियानको थालनी

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले कोभिड–१९ सङ्क्रमणको महामारीबाट आक्रान्त आम सर्वसाधारणलाई सहयोग गर्न शनिवारदेखि अपरेसन कोभिड रिलिफ नेपाल अभियानको थालनी गरेको छ ।
एफएनसीसीआई अपरेसन कोभिड रिलिफ नेपाल अभियान अन्तरगत पहिलो कार्यक्रमको रूपमा शनिवारदेखि हेल्लो डाक्टरको शुभारम्भ भएको छ ।
हेल्लो डाक्टर मार्फत स्वास्थ्य परामर्श दिने कार्य वैशाख २६ गते आइतबारबाट शुरु हुने महासङ्घले जनाएको छ । कोभिड संक्रमित भई घर वा आइसोलेसनमा बसेका र चिकित्सकको सल्लाह परामर्श लिन कठिनाइ भएकाहरूले हेल्लो डाक्टर मार्फत भरपुर सहयोग लिन सक्नेछन् । हेल्लो डाक्टर कार्यक्रममा भाइवर मार्फत कोभिड संक्रमित बिरामी र डक्टरबिच प्रत्यक्ष सम्पर्क गराई परामर्श दिने कार्य गरिने छ ।
त्यसका लागि बिहान ९ बजे देखि १२ बजेसम्म र दिउसो ३ बजेदेखि ६ बजेसम्मका लागि समय छुट्ट्याइएको छ । नाम दर्ता गर्न बिरामीले २११११२११११ भाइवर नम्बरमा म्यासेज गर्नुपर्नेछ र सोही म्यासेजका आधारमा डाक्टरसँगको परामर्शको समय बिरामीलाई पठाइने महासङ्घले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button