तपाईँ सुन्दै हुनुहुन्छः

ललितपुर सिटी एफसी एनएसएलको प्ले अफमा प्रवेश

file photo

काठमाडौँ । ललितपुर सिटी एफसी पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को प्ले अफमा प्रवेश गरेको छ ।

खेलको ६३ औँ मिनेटमा सब्सिच्युट खेलाडी विमलले गोल गर्दै ललितपुरको अग्रता दोब्बर गरे । डोना थापाको पासमा कप्तान अञ्जनले बल अगाडी बढाउँदै बक्स भित्र दिएको पासमा विमलले वान टचमा गोल गरेका थिए ।
ललितपुरको दोस्रो गोल सँगै खेल तनाव ग्रस्त बन्यो । रेफ्रीको निर्णयमा असन्तुष्टि प्रकट गर्दै विराटनगरका अफिसियलले निर्देशन दिएपछि खेलाडीहरू मैदानबाट बाहिरिएका थिए । त्यसको केही समयमै खेलाडी मैदान फर्किएका थिए ।
खेलको ८१ औँ मिनेटमा कप्तान अञ्जनले व्यक्तिगत दोस्रो गोल गर्दै ललितपुरलाई ३–० को अग्रता दिलाउन सफल भए । कमल श्रेष्ठको फ्रिकिकमा अञ्जनले हेडिङबाट उत्कृष्ट गोल गरे ।
खेलको ८५ औँ मिनेटमा विराटनगर १० खेलाडीमा समेटिन पुग्यो । रञ्जित धिमालको स्थानमा मैदान छिरेका विजय धिमाल पहेँलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिनुपर्‍यो । बक्स बाहिर विमललाई तानेर लडाएपछि रेफ्रीले उनलाई दोहोरो पहेँलो कार्ड देखाएका थिए ।
खेलको इन्जुरी समयको छैटौँ मिनेटमा नुर्लानले गोल गर्दै ललितपुरलाई ४–० को जित दिलाए । मैदानको मध्य भागबाट एक्लै अगाडी बढाएको बलमा गोलकिपर किशोर गिरिलाई बिट गर्दै नुर्लानले गोल गरे ।
खेलमा ललितपुरका कप्तान अञ्जन प्लेयर अफ दि म्याच चुनिए । इमर्जिङ प्लेयर अफ दि म्याच ललितपुरकै डोना थापा चुनिए ।
जितसँगै ललितपुरले ६ खेलमा ९ अङ्क जोडेको छ । ललितपुर लिगको तेस्रो स्थानमा समेत उक्लिएको छ ।
विराटनगरले ६ खेलमा ७ अङ्क जोड्यो । विराटनगर पाँचौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button