तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा व्यापारीद्वारा मूल्यवृद्धि, स्थानीय प्रशासनले अनुगमन गर्दै

कञ्चनपुर । कञ्चनपुरमा लकडाउनको मौका छोपी व्यापारीहरूले कालोबजारी शुरु गरेका छन् ।  कोरोना नियन्त्रणका लागि स्थानीय प्रशासनले लकडाउन गरेको मौकामा ग्रामीण क्षेत्रका व्यापारीहरूले दैनिक उपभोग्य वस्तुको मूल्यमा २० प्रतिशत भन्दा बढी मूल्यवृद्धि गरेको सर्वसाधारणको गुनासो छ ।
विगतका दिनमा रु. ७० मा आउने सामान अहिले  रु. १०० लिने गरेको उनीहरूको भनाई छ । चिनी, तेल, दाल लगायत खाद्यान्नमा र अन्य सामानहरूमा व्यापारीले मनोमानी ढङ्गले बिक्री गर्ने गरेको भए पनि सरोकारवाला निकाय मौन रहेको उपभोक्ताहरूको गुनासो छ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले बजार अनुगमन गर्ने कार्य भई रहेको र यदि व्यापारीले मूल्यवृद्धि र कालोबजारी गरेको जानकारी गराएमा तत्काल कारबाही गर्ने बताउनुभएको छ । साथै उहाँले उपभोक्ता स्वयमले पनि सचेत भई त्यस्ता व्यापारीहरूलाई कानुनी कारबाहीमा ल्याउन मद्दत गर्न आग्रह गर्नु भएको छ ।
उहाँले जिल्ला सदरमुकाम महेन्द्रनगर लगायत अन्य पालिकाहरूमा रहेका प्रमुख बजारहरूमा अनुगमन भइरहेको समेत बताउनुभयो ।
साथै उहाँले ग्रामीण क्षेत्रमा कोरोना संक्रमण दर उच्च रहेकाले त्यसको नियन्त्रणका लागी ग्रामीण क्षेत्रमा प्रहरीको सक्रियता बढाइने समेत बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button