तपाईँ सुन्दै हुनुहुन्छः

उपचारका लागि लैजाँदै गर्दा तनहुँका कोरोना संक्रमित वृद्धको मृत्यु

तनहुँ । तनहुँमा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जिल्लाको भानु–१ का कोरोना सङ्क्रमितको मृत्यु भएको हो । मृत्यु व्यक्ति करिब ६५ वर्षीय वृद्ध रहेको भानु नगरपालिकाले जनाएको छ ।
सास फेर्न गाह्रो भएपछि थप उपचारका लागि अस्पताल लैजाने क्रममा सङ्क्रमितको मृत्यु भएको भानु नगरपालिकाका स्वास्थ्य प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिनुभयो ।
केही दिन अघि पोखराको ओम अस्पतालमा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण भेटिएको थियो । संक्रमित वृद्ध होम आइसोलेसनमा थिए ।
उनलाई उपचारका लागी दमौली अस्पतालमा ल्याइएको थियो तर दमौली अस्पतालले पोखरा रिफर गरेको थियो । सोही क्रममा पोखरा जाँदै गर्दा बाटो मै सङ्क्रमितको मृत्यु भएको हो ।
योसँगै तनहुँमा मृत्यु हुने कोरोना सङ्क्रमितको सङ्ख्या २८ पुगेको छ । त्यस्तै जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या २७९ रहेको छ । आइतबार मात्रै ७७ जना नयाँ संक्रमित थपिएका हुन् ।
तनहुँमा आइतबार ठुलो सङ्ख्यामा कोरोना सङ्क्रमित थपिएका छन् । यसले तनहुँ कोरोनाको उच्च जोखिममा परेको पुष्टि भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button