तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँ कोरोनाको उच्च जोखिममा, आज मात्रै थपिए ७७ जना कोरोना संक्रमित 

तनहुँ । तनहुँका थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सङ्ख्या अहिलेसम्म कै उच्च हो ।
तनहुँमा आइतबार ठुलो सङ्ख्यामा कोरोना सङ्क्रमित थपिएका छन् । यसले तनहुँ कोरोनाको उच्च जोखिममा परेको पुष्टि भएको छ ।
जिल्लाको व्यास नगरपालिकामा २५, शुक्लागण्डकी नगरपालिकामा ४४, बन्दिपुर गाउँपालिकामा ५ जना, भानु नगरपालिकामा १ जना, घिरिङ गाउँपालिकामा १ जना, म्याग्दे गाउँपालिकामा १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
व्यास–१ की २८, ६५, २८,४०,७३,२८ वर्षीया महिला र ६०, ६७, ३८, ४२ वर्षीय पुरुष, व्यास–२ की ६०, ५३ वर्षीया महिला र ६५ वर्षीय पुरुष, व्यास–३ की ४६, ३०, ४६ वर्षीया महिला, व्यास–४ की ३९, १५ वर्षीया महिला र १२ वर्षीय पुरुष, व्यास–५ का ३०, १०, ३२, ३५ वर्षीय पुरुष, व्यास–७ का ५४, ४६ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।
त्यस्तै शुक्लागण्डकी–२ की २४, ३४ वर्षीया महिला र ४३, ५६ वर्षीय पुरुष, शुक्लागण्डकी–३ की ५२, ३५ वर्षिया महिला र ३८, २९, ५२ ४५, ७२, ५६ वर्षीय पुरुष, शुक्लागण्डकी–४ का २४ वर्षीय पुरुष, शुक्लागण्डकी–५ की २५, ३५, ४४, २३, ६५, ३५, ६८ वर्षीया महिला र ५०, ६७, ४९, ३९, ३०, २१, ३४ वर्षीय पुरुष, शुक्लागण्डकी–६ का २४ वर्षीय पुरुष, शुक्लागण्डकी–७ की ४८, २६ वर्षीया महिला र ३०, ३५, ३४, २२, २७ वर्षीय पुरुष, शुक्लागण्डकी–८ की २२, २, ८, ३९ वर्षीया महिला र २८, ३९, २५, २७,५७ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।
यसै गरी बन्दिपुर–६ का ६१, ६१ वर्षीय पुरुष र वडा नखुलेको ४० वर्षिया महिला र ७८, ७९ वर्षीय पुरुषमा समेत कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
त्यस्तै भानु–१ का ८४ वर्षीय पुरुष, घिरिङ–५ की ३४ वर्षीया महिला, म्याग्दे–३ का २६ वर्षीय पुरुषमा समेत कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
योसँगै तनहुँमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या २७९ रहेको छ । त्यस्तै मृत्यु हुने कोरोना सङ्क्रमितको सङ्ख्या २८ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button