तपाईँ सुन्दै हुनुहुन्छः

चिनियाँ रकेटका भग्नावशेष हिन्द महासागरमा खसे

बेइजिङ । चीनको लङ मार्च ५ बी रकेटका भग्नावशेष हिन्द महासागरमा आइतबार खसेको चिनियाँ अन्तरिक्ष इन्जिनियरिङ कार्यालयले जनाएको छ ।
गत अप्रिलमा प्रक्षेपण गरिएको उक्त रकेटले अन्तरिक्षमा चीनको पहिलो स्टेशन बनाउन मद्दत गर्ने लक्ष्य राखिएको थियो ।
कार्यालयका अनुसार चाङ झेङ ५ बी नामको रकेट पृथ्वीको वायुमण्डलमा यही मे ९ तारिखको बिहान १० बजेर २९ मिनेटमा पुनः प्रवेश गरेको थियो, र उक्त रकेट हिन्द महासागरमा माल्दिभ्स नजिक खसेको थियो ।
पृथ्वीको वायुमण्डलमा प्रवेश गर्नासाथ उक्त रकेटको अधिकांश भाग आगो लागेर ध्वस्त भइसकेको थियो, कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।
गत बुधवार अमेरिकी रक्षा मन्त्रालयले अनियन्त्रित भएको चिनियाँ रकेटको आफूहरूले ट्र्याकिङ गरिरहेको जनाएको थियो । मन्त्रालयले यही साता उक्त रकेटका अवशेष पृथ्वीमा खस्ने बताएको थियो ।
शुक्रवार चीनले विज्ञहरूले चासो देखाए पनि अनियन्त्रित रकेटबाट पृथ्वीमा कुनै असर नपर्ने दाबी गरेको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button