तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा आइतबार ४१५ कोभिड संक्रमित निको भए

बाँके । कोरोना भाइरस संक्रमण मुक्त भएर बाँकेमा आज थप ४१५ जना डिस्चार्ज भएका छन् । संक्रमित सङ्ख्या दिन प्रतिदिन बढिरहेको बाँकेमा कोभिडबाट निको हुने दर पनि बढिरहेको छ ।
आइतबार जिल्लाका विभिन्न संस्थागत तथा होम आइसोलेसनमा बसेका १८० जना महिला र २३५ जना पुरुष गरी कुल ४१५ जना डिस्चार्ज भएको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ ।
जिल्लामा अधिकांश संक्रमित होम आइसोलेसनमा बसेर स्वास्थ्य लाभ गरिरहेका छन् । सामान्य लक्षण चिन्ह भएका र अक्सिजन चाहिने बिरामीहरूका लागि विभिन्न पालिकाहरूले आइसोलेसन बनाएर उपचार दिइरहेका छन् ।
त्यस्तै गम्भीर सङ्क्रमितहरूको भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button