तपाईँ सुन्दै हुनुहुन्छः

करेन्ट लागेर तनहुँमा एक पुरुषको मृत्यु

तनहुँ । तनहुँमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ मार्किचोकमा करेन्ट लागेर एक पुरुषको ज्यान गएको हो ।बिहान ६ बजे गिदरीको रुखमा घाँस काट्ने क्रममा रुख नजिकै रहेको बिजुलीको तारमा छोइदा करेन्ट लाग्दा आँबुखैरेनी–६ घलडाडाँ घर भई मार्कीचोक बस्दै आएका ४५ वर्षीय भिम बहादुर गुरुङको ज्यान गएको प्रहरीले जनाएको छ ।

गुरुङको शव आँबुखैरेनी हाडजोर्नी अस्पतालमा रहेको र पोस्टमार्टमको लागि दमौली लैजाने तयारी भइरहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button